२०८३ साउन २१ गते बिहीबार

पोखरामा बन्यो झन्डा पार्क, फहरायो १९३ देशका झन्डा

पोखरामा बन्यो झन्डा पार्क, फहरायो १९३ देशका झन्डा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन ८ गते मंगलबार ११:४१

‘पोखरा पर्यटनको राजधानी हो, हामी औपचारिक रुपमा घोषणा गर्दैछौं । संसारभरीका मान्छेहरु यहाँ आउछन् उनीहरुलाई एउटा अपनत्व फिल पनि हुने । सेती नदी खोंच हेर्ने गन्तव्य हुनेछ’, उनले भने । पर्यटक केही घण्टा पार्कमा रमाउने उनको भनाइ छ ।

पोखरा

पोखराको महेन्द्रपुलमा झन्डा पार्क बनाइएको छ । पार्कमा संयुक्त राष्ट्रसंघमा आबद्ध १९३ राष्ट्रका झन्डा फहराएका छन् ।

सेती नदीको डिलमा रहेको जग्गामा बनेको पार्क लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिकको लगानीमा बनेको हो ।

सोमबार पोखरा महानगरपालिकालाई पार्क हस्तानतरण गरिएको छ । झन्डै २ रोपनी क्षेत्रफलमा बनेको पार्कको उद्घाटन पश्चात लायन्स क्लब इन्टरनेशनलका निर्देशक बालकृष्ण बुर्लाकोटीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई हस्तानतरण गरे ।

पार्कमा झन्डासँगै देशको नाम र संयुक्त राष्ट्रसंघ (युएन) बाट सदस्यता पाएको मिति उल्लेख छ । त्यो देश कुन महादेशमा पर्छ समेत खुलाएर लेखिएको छ ।

झन्डा पार्क बनाइएको स्थानमा पहिला पोखरा सार्वजननिक पुस्तकालय थियो । गत वर्ष भदौ २३ मा पोखराका मेयर धनराज आचार्य डोजर एक्सनमा उत्रदै महेन्द्रपुलको पुस्तकालय र पोखरा आर्ट ग्यालरी भत्काए थिए । मापदण्ड विपरित र जीर्ण भवन रहेको जग्गा महानगरकै नाममा स्वामित्वमा छ ।

पुस्तकालय हटाएर निर्माण गरिएको झन्डा पार्कमा झन्डै ७० लाख रुपैयाँमा लगानी भएको छ ।

पार्कको पृष्ठभूमीमा माछापुच्छ«े हिमालको दृश्य कोरिएको छ । पार्कमा महानगरपालिकाको लगानीमा पाठकले पत्रपत्रिका पढ्न पाउने व्यवस्था मिलाइएको छ । डिजिटल मिडियाका खबर पढ्नलाई फ्रि इन्टरनेटसहितको मोनिटर पनि महानगरले जोडेको हो ।

झन्डा पार्क पोखरामा नयाँ ‘डेस्टिनेसन’ भएको मेयर आचार्यले बताए । झण्डा पार्क युएनको पार्क बाहेक संयुक्त राष्ट्रको हेडक्वार्टरमा मात्रै भएको उनले दाबी गरे ।

‘पोखरा पर्यटनको राजधानी हो, हामी औपचारिक रुपमा घोषणा गर्दैछौं । संसारभरीका मान्छेहरु यहाँ आउछन् उनीहरुलाई एउटा अपनत्व फिल पनि हुने । सेती नदी खोंच हेर्ने गन्तव्य हुनेछ’, उनले भने । पर्यटक केही घण्टा पार्कमा रमाउने उनको भनाइ छ ।

झन्डाको बारेमा प्रत्यक्ष अवलोकनमार्फत अध्ययन गर्न महानगरभित्रका विद्यालयले एक दिन सामाजिक विषय अन्तर्गत भ्रमण गर्नुपर्ने बाध्यकारी नियमसमेत बनाइएको छ । झन्डा पार्कले पर्यटक तान्नेमा दुईमत नभएपनि स्थानको छनोट गलत भएको भन्दै आलोचना भएको छ ।

पोखरा आर्ट ग्यालरीको भवन भत्काएको स्थानमा भने पोखरा महानगरपालिका र गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को लागत साझेदारीमा शौचालय निर्माण गरिएको हो । झन्डै एक करोड रुपैयाँका लागतमा निर्माण भएको आधुनिक प्रविधि जडित सार्वजनिक शौचालय मर्मत र बायोग्याँस प्लान्ट जडान गर्न केही हप्तादेखि बन्द अवस्थामा रहेको छ ।

 

प्रकाशित मिति २०८० फागुन ८ गते मंगलबार ११:४१
हजुरको प्रतिक्रिया