२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेश र कास्कीमा काेराेनाकाे ताजा अवस्था यस्ताे

गण्डकी प्रदेश र कास्कीमा काेराेनाकाे ताजा अवस्था यस्ताे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर ३० गते मंगलबार ०५:२६

पाेखरा । पछिल्लाे २४ घण्टामा गण्डकी प्रदेशभर थप १०१ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । याे अवधीमा ४३५ जनाकाे काेराेना परिक्षण भएकाे छ भने ५२ जना निकाे भएर घर फर्किएका छन् । पछिल्लाे अवधीमा संक्रमित १०१ जनामध्ये सर्वाधिक...

परिक्षण दर घट्याे, काेराेनाकाे कहर उस्तै

पाेखरा । पछिल्लाे २४ घण्टामा गण्डकी प्रदेशभर थप १०१ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । याे अवधीमा ४३५ जनाकाे काेराेना परिक्षण भएकाे छ भने ५२ जना निकाे भएर घर फर्किएका छन् ।

पछिल्लाे अवधीमा संक्रमित १०१ जनामध्ये सर्वाधिक धेरै कास्कीका ७४ जना रहेका छन् । लमजुङका १६ जनामा संक्रमण पुष्टि हुँदा तनहुँका ६ र बाग्लुङका ५ जना संक्रमित बनेका छन् ।

गण्डकी प्रदेशमा हालसम्म कुल १३ हजार ५२२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । १ लाख १५ हजार ३२६ जनाकाे स्वाब परिक्षणबाट साे संख्याका संक्रमित भेटिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । प्रदेशभर हालसम्म काेराेनाका कारण १८४ जनाकाे निधन भएकाे छ ।

कास्कीमा हालसम्म ६ हजार ८३ जनामा संक्रमण पुष्टि भएकाेमा ५ हजार ४० जना निकाे भएका छन् । अहिले ९४० जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म कास्कीका १०३ जनाले काेराेनाकै कारण ज्यान गुमाइसकेका छन् ।

 

प्रकाशित मिति २०७७ मंसिर ३० गते मंगलबार ०५:२६
हजुरको प्रतिक्रिया