२०८३ असोज २४ गते शनिबार

तनहुँका ८ पालिकामा मगर संघ स्थापना दिवसको विदा

तनहुँका ८ पालिकामा मगर संघ स्थापना दिवसको विदा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन १४ गते सोमबार ०७:०६

२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा हेमबहादुर पुन मगरको अध्यक्षतामा नेपाल लाङघाली परिवार संघको प्रथम राष्ट्रिय महाधिवशेन भएको थियो ।

पोखरा
तनहुँका ८ स्थानीय तहले मंगलबार स्थानीय सार्वजनिक विदा दिएका छन् । ४२ औं मगर स्थापना दिवस मनाउन सार्वजनिक विदा दिइएको हो ।

शुक्लागण्डकी, भीमाद र भानु नगरपालिकासँगै म्याग्दे, ऋषिङ, घिरिङ, बन्दीपुर, देवघाट गाउँपालिकाले मगर स्थापना दिवसको अवसरमा विदा दिएका हुन् ।

स्थानीय तहले कार्यपालिका बैठकबाट निर्णय गर्दैै स्थानीय विदा दिएका छन् । स्थानीय तहका कार्यालय, वडा कार्यालय, सेवा केन्द्र, स्वास्थ्य संस्था, बैैंक, वित्तिय संस्था, निजि संघसंस्था र सबै विद्यालयमा विदा हुनेछ ।

२ स्थानीय तहले भने सार्वजनिक विदा दिएका छैनन् । व्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिकाले विदा नदिएका हुन् ।

२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा हेमबहादुर पुन मगरको अध्यक्षतामा नेपाल लाङघाली परिवार संघको प्रथम राष्ट्रिय महाधिवशेन भएको थियो । पहिलो पटक राष्ट्रिय महाधिवेशन भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउदै आइरहेको छ ।

 

प्रकाशित मिति २०८० फागुन १४ गते सोमबार ०७:०६
हजुरको प्रतिक्रिया