२०८३ साउन २१ गते बिहीबार

नेकपा माओवादी केन्द्र गण्डकी इन्चार्जमा दीनानाथ शर्मा

नेकपा माओवादी केन्द्र गण्डकी इन्चार्जमा दीनानाथ शर्मा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन १५ गते मंगलबार ०५:००

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता दीनानाथ शर्मालाई गण्डकी प्रदेश इन्चार्ज ताेकेकाे छ । केन्द्रकाे मंगलबार बसेको स्थायी समिति बैठकले सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो । कोशीमा हरिबोल गजुरेल, मधेशमा...

सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले नेता दीनानाथ शर्मालाई गण्डकी प्रदेश इन्चार्ज ताेकेकाे छ ।

केन्द्रकाे मंगलबार बसेको स्थायी समिति बैठकले सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई जिम्मेवारी तोकिएको छ ।

यस्तै, प्रवास अन्तर्गत मध्यपूर्व ब्यूरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई जिम्मेवारी दिइएको छ । विशेष प्रदेशमा हितमान शाक्य र सम्पर्क समन्वय कमिटीमा देव गुरुङलाई जिम्मेवारी दिएको छ ।

पार्टी सचिव गणेश साहका अनुसार कार्यविभाजन मंगलबार बसेको बैठकले टुंग्याएको र बाँकी विषयमा छलफल गर्न बुधबार पनि बैठक बस्नेछ ।

प्रकाशित मिति २०८० फागुन १५ गते मंगलबार ०५:००
हजुरको प्रतिक्रिया