पोखरा
२२ दिनअघि हराएका पोखरा–३० का तेजराज ओझा सेती नदी किनारमा मृत फेला परेका छन् ।
माघ २५ गते घरबाट मर्निङमा निस्किएका ओझा नफर्केपछि परिवारले खोजीका लागि प्रहरीलाई समेत आग्रह गरेको थियो ।
पोखरा र आसपासका सहरमासमेत खोजी गर्दा पनि नभेटिएका ओझाकाे शव सेतीमा फेला परेको र बिहीबारै अन्तिम दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ ।
बिहीबार सेतीको बाँध खोल्नु अगाडि नै ओझाको शव फेला परेको कास्की प्रहरी कार्यालयका प्रहरी निरीक्षण सूर्य रानाले जानकारी दिए ।
ओझाका २ छोरी छन् । उनी लामो समय भारत बसेर फर्किएका थिए ।
प्रकाशित मिति २०८० फागुन १८ गते शुक्रबार ०९:४१