२०८३ साउन २१ गते बिहीबार

प्रचण्डले बागलुङमा भनेः आध्यात्मिक चेतनाको विकास नहुँदासम्म समाजले शान्तिको श्वास फेर्दैन

प्रचण्डले बागलुङमा भनेः आध्यात्मिक चेतनाको विकास नहुँदासम्म समाजले शान्तिको श्वास फेर्दैन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन १९ गते शनिबार १२:५१

पोखरा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आध्यात्मिक चेतनाको विकास नभएसम्म समाजमा शान्ति नआउने बताएका छन् । बागलुङमा शनिबारबाट सुरु भएको अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० लाई सम्बोधन...

पोखरा
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आध्यात्मिक चेतनाको विकास नभएसम्म समाजमा शान्ति नआउने बताएका छन् ।

बागलुङमा शनिबारबाट सुरु भएको अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० लाई सम्बोधन गर्दै उक्त भनाइ राखेका हुन् ।

‘भौतिक विकासको दौडमा रहेको वर्तमान विश्वले जवसम्म आध्यात्मिक चेतनाको विकास गर्न सक्दैन तवसम्म समाजले शान्तिको श्वास फेर्न सक्दैन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘गौतम बुद्धको देशमा जन्मेका हामी शान्तिको लागि सम्पूर्ण विश्वको आकर्षणको केन्द्र बन्नुपर्नेमा पैसाका लागि विदेशिने अवस्था परिवर्तन गर्नुछ ।’

दाहालले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको पनि बताएका छन् ।

कार्यक्रमा उनले देशका विभिन्न स्थानमा सञ्चालित गुरूकुल वेदविद्याश्रमबाट संस्कार र संस्कृति प्रवाह भएको पनि बताए ।

‘गुरूकुल वेदविद्याश्रमबाट उत्पादित जनशक्ति धर्मसंस्कार संस्कृतिको संरक्षण संवद्र्धन, आफ्नो देशका तीर्थस्थल आदिको महिमा र गरिमालाई आमजनसमुदायमा बुझाउन तल्लीन रहेका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘२० वर्षअगाडि मुक्तिनाथ जस्तो तत्कालीन दूर्गम स्थानमा स्वास्थ्य सेवाश्रमको स्थापनाले स्वास्थ्य क्षेत्रको विकास हुनु महत्वपूर्ण छ ।’

प्रकाशित मिति २०८० फागुन १९ गते शनिबार १२:५१
हजुरको प्रतिक्रिया