गण्डकी प्रदेशमा काेराेना संक्रमणपछि ज्यान गुमाउनेकाे संख्या १८६ पुग्याे
पाेखरा । पाेखरामा काेराेना भाइरसकाे संक्रमणपछि थप २ जनाकाे निधन भएकाे छ । मंगलबार र बुधबार गरि पाेखराका थप २ जनाकाे काेराेनाका कारण निधन भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
पाेखरा महानगरपालिका वडा नं. १ का ७६ बर्षीय काेराेना संक्रमित पुरूषकाे मंगलबार बेलुका उपचारका क्रममा फिस्टेल अस्पताल पाेखरामा ज्यान गएकाे छ । मृतकमा गत २५ गते काेराेना पुष्टि भएकाे निर्देशनालयले जनाएकाे छ । नीजमा काेभिड निमाेनिया, मधुमेह, मृगाैलासम्वन्धी समस्या रहेकाे निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यता, पाेखरा महानगरपालिका वडा नं. १२ का ८४ बर्षीय काेराेना संक्रमित पुरूषकाे बुधबार विहान उपचारका क्रममा पाेखराकाे फिस्टेल अस्पतालमा निधन भएकाे छ । नीजमा गत २३ गते काेभिड पुष्टि भएकाे थियाे । मृतकमा काेभिड निमाेनियाकाे समस्या रहेकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।
यससंगै गण्डकी प्रदेशमा काेराेनाकाे संक्रमणपछि ज्यान गुमाउनेकाे संख्या १८६ पुगेकाे छ ।
प्रकाशित मिति २०७७ पुस १ गते बुधबार ०४:३३



