२०८३ साउन २१ गते बिहीबार

वितेकाे २४ घण्टामा थप १३ काे ज्यान गयाे, ७३६ संक्रमित थपिए

वितेकाे २४ घण्टामा थप १३ काे ज्यान गयाे, ७३६ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस १ गते बुधबार ०४:४०

पाेखरा । पछिल्लो २४ घण्टामा देशभर थप १३ जनाले काेराेना भाइरसकाे संक्रमणपछि ज्यान गुमाएका छन् । यससंगै देशभर हालसम्म मृत्यु हुनेको संख्या १ हजार ७४३ पुगेको छ । यस्तै, वितेकाे २४ घण्टामा देशभर थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि...

हाल देशभर ९ हजार ७५७ सक्रिय संक्रमित

पाेखरा । पछिल्लो २४ घण्टामा देशभर थप १३ जनाले काेराेना भाइरसकाे संक्रमणपछि ज्यान गुमाएका छन् । यससंगै देशभर हालसम्म मृत्यु हुनेको संख्या १ हजार ७४३ पुगेको छ ।

यस्तै, वितेकाे २४ घण्टामा देशभर थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५५५ जनाको परीक्षणमा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८४७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ रहेको छ । हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ९७५७ रहेको छ ।

प्रकाशित मिति २०७७ पुस १ गते बुधबार ०४:४०
हजुरको प्रतिक्रिया