काठमाडौं
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाले राजनीतिक इमान गुमाएको आरोप लगाएका छन् ।
बिहीबरको प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्रीले गठबन्धन टुट्नुका कारणहरुमा सत्य डग्मगाएको अवस्था देखिएको बताएका हुन् ।
उनले सरकारको काम प्रभावकारी भएन, संक्रमणकालीन न्यायले टुंगो पाएन, त्यसकारण गठबन्धन भत्कियो, त्यसको जिम्मा कांग्रेसले लिनुपर्ने ? हो भन्दै प्रश्नसमेत गरे । उनले संक्रमणकालीन न्यायको विधेयक कांग्रेसका कारण नरोकिएको पनि स्पष्ट पारे ।
‘भोलि पनि मिलेर जान सकिन्छ । सकिएला । तर सत्य डग्मगायो भने इमान हुँदैन । त्यसकारण मेरो सम्माननीय नेता बेइमानी शब्दप्रति तपाईंहरुको ध्यान गम्भीर रुपले भएको छ, तर इमानको कुरा त कांग्रेसले गर्न पाउँछ नि । यति मेरो आग्रह हो’, उनले भने, ‘सरकारको काम प्रभावकारी भएन, संक्रमणकालीन न्यायले टुंगो पाएन, त्यसकारण गठबन्धन भत्कियो, त्यसको जिम्मा कांग्रेसले लिनुपर्ने ?’
प्रमुख सचेतक लेखकले कांग्रेसजस्तै धोका दिएका राजनीतिक दलहरु एक ठाउँमा आए नेकपा (माओवादी केन्द्र) के होला भन्ने हेक्का राख्न चेतावनी समेत दिए ।
प्रकाशित मिति २०८० फागुन २४ गते बिहीबार ०२:३१




