२०८३ साउन २१ गते बिहीबार

मा‌ओवादी उपाध्यक्ष भुसालकाे संशय: नयाँ गठबन्धन शुद्ध छैन, केही विवादित मान्छे पनि छन्

मा‌ओवादी उपाध्यक्ष भुसालकाे संशय: नयाँ गठबन्धन शुद्ध छैन, केही विवादित मान्छे पनि छन्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन २५ गते शुक्रबार ०५:०५

उपाध्यक्ष भुसालले वर्तमान गठबन्धन विगतको भन्दा सजातीय भएको पनि दाबी गरिन् । 

काठमाडाैं

नेकपा(माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छेपनि भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छन् ।

शुक्रबार अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले वर्तमान सत्तारुढ गठबन्धन शुद्ध नभएको बताएकी हुन् । उनले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पुर्‍याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको बताइन् ।

उनले विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिवद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको सुनाइन् ।  शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभुति दिलाउने संकल्पसहित गठबन्धन बनाइएको उल्लेख गर्दै त्यो पूरा नभएमा यहीँ गठबन्धनमा बसिरहने कुरा नहुने उनकाे भनाइ थियाे ।

‘संयोगले एउटा नयाँ सहमति बन्यो र नयाँ गठबन्धन बन्यो । बाहिर सुशासन भनेको छ । आफ्नै मन्त्रीहरु झन्डा बोकेर अख्तियार जान्छन् । हरेक ठाउँमा विभिन्न सुशासन बिरोधी गतिविधि भएको कुरा मिडियामा पनि आउँछ’, उनले भनिन् ।

उपाध्यक्ष भुसालले वर्तमान गठबन्धन विगतको भन्दा सजातीय भएको पनि दाबी गरिन् ।  उनले गठबन्धनमा वामपन्थीहरुको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने सुनाइन् । दीर्घकालसम्म देशमा दुईवटा कम्युनिस्ट पार्टीहरु समानान्तर ढंगले जान नसक्ने भन्दै सहकार्यलाई पार्टी एकताको चरणसम्म पु¥याउनुपर्ने बताइन् ।

 

प्रकाशित मिति २०८० फागुन २५ गते शुक्रबार ०५:०५
हजुरको प्रतिक्रिया