२०८३ असोज २४ गते शनिबार

राष्ट्रिय सभा अध्यक्षको चुनाव आजः नारायण दाहाल र युवराज शर्मा भिड्दै

राष्ट्रिय सभा अध्यक्षको चुनाव आजः नारायण दाहाल र युवराज शर्मा भिड्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन २९ गते मंगलबार ०९:३६

नयाँ गठबन्धनमा माओवादी अध्यक्ष र एमालेलाई उपाध्यक्ष लिने सहमति भएको थियो ।

पाेखरा

आज बिहान ११ बजेर ९ मिनेटमा संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने राष्ट्रिय सभाको बैठकले चुनावको प्रक्रिया अघि बढाउने छ।

संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार अध्यक्ष सभाको बैठकमा राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् ।

अभ्यक्षका लागि माओवादीको तर्फबाट नारायण दाहाल र नेपाली कांग्रेसको तर्फबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता गठबन्धनको तर्फबाट माओवादीले अघि सारेको दाहाललाई एमाले, रास्वपा, नेकपा एस, जसपाको समर्थन रहेको छ । नयाँ गठबन्धनमा माओवादी अध्यक्ष र एमालेलाई उपाध्यक्ष लिने सहमति भएको थियो ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएका शर्माको पक्षमा विपक्ष गठबन्धन बनाउने प्रयास जारी छ । उनी बाँकेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् ।

प्रकाशित मिति २०८० फागुन २९ गते मंगलबार ०९:३६
हजुरको प्रतिक्रिया