पोखरा-८ का मात्रै १३ जना
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको पछिल्लो अध्यावधिक विवरण अनुसार पोखरामा थप १९ जना कोरोना संक्रमित भेटिएका छन ।
जस अनुसार, पोखरा महानगरपालिका-१५ का २३ बर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत स्टाफनर्स हुन भने पोखरा महानगरपालिका-३२ का ५० बर्षीय पुरुष सोहि अस्पतालमा उपचाररत विरामी हुन ।
यस्तै, पोखरा महानगरपालिका-१९ का २२ बर्षीय पुरुष पोखरामा र पर्वतका २८ बर्षीय पुरुष कुश्मा, पर्बतमा कार्यरत नेपाल प्रहरी हुन ।
बाग्लुङ जिल्ला, जैमिनीका ५१ बर्षीय महिला पोखरा महानगरपालिकामा रहेको फेवासिटी अस्पतालमा उपचाररत छन भने अन्य सबै विदेशबाट आएर क्वारेन्टाइनमा रहेका व्यक्ती तथा contact tracing बाट पहिचान भएका संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा थप भएका ४९ जना नयाँ संक्रमितहरु सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७२८ पुगेको छ र सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।




