२०८३ साउन २१ गते बिहीबार

मुख्य समाचार

सुन तस्करीबारे छलफल गर्न प्रधानमन्त्रीले डाके आकस्मिक बैठक

सुन तस्करीबारे छलफल गर्न प्रधानमन्त्रीले डाके आकस्मिक बैठक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २ गते शुक्रबार ०१:४५

प्रतिवेदनमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई सुन तस्करी प्रकरणमा कारबाही चलाउन सिफारिस गरिएको छ

सुनको अवैध तस्करी जाँचबुझ आयोगअनुसार माओवादी र एमाले नेता अनुसन्धानबाहिरै

पाेखरा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

सुनको अवैध तस्करी नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न शुक्रबार साँझ ५ बजे बैठक बोलाएको उनको सचिवालय स्रोतले जनाएको छ ।

सरकारले सुनको तस्करी नियन्त्रणका विषयमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठन गरेको आयोगले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदन उपप्रधानमन्त्री लामिछानेले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् । स्रोतका अनुसार उक्त प्रतिवेदनमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई सुन तस्करी प्रकरणमा कारबाही चलाउन सिफारिस गरिएको छ ।

प्रकाशित मिति २०८० चैत २ गते शुक्रबार ०१:४५
हजुरको प्रतिक्रिया