२०८३ साउन २१ गते बिहीबार

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पक्राउ

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २ गते शुक्रबार ०७:००

अनुसन्धानको घेराभन्दा बाहिर रहेका व्यक्तिहरुको नाम सार्वजनिक भएपछि एकपछि अर्को खुलासा भइरहेका छन् ।

जो सुकै दोषी भए पनि प्रतिवेदनलाई कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय

पाेखरा

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनले तरंग ल्याएको छ । सिआइबीको अनुसन्धानमा गम्भीर त्रुटि देखिएको अनुसन्धानको घेराभन्दा बाहिर रहेका व्यक्तिहरुको नाम सार्वजनिक भएपछि एकपछि अर्को खुलासा भइरहेका छन् ।

गृहमन्त्री रवि लामिछानले प्राप्त गरेपछि शुक्रबार सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल बुझाएका थिए ।

प्रतिवेदनबारे छलफल गर्न प्रधानमन्त्रीले शुक्रबार आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका थिए । बैठकले निर्णय गरेको प्रतिवेदन अध्ययन गरेर सरकारले दोषीलाई कारबाही गर्ने सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

जो सुकै दोषी भए पनि प्रतिवेदनलाई कार्यान्वयन गर्ने मन्त्रिपरिषदले निर्णय गरेको हो ।

पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।

महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेप मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

प्रकाशित मिति २०८० चैत २ गते शुक्रबार ०७:००
हजुरको प्रतिक्रिया