पार्टी अध्यक्ष र वार्ता संयोजक मै हुँ, मलाई थाहै छैन अनि कसरी एकता हुन्छ ?
पाेखरा
बाबुराम भट्टराई नेतृत्वको पार्टी फुटेको छ । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने सहमति पत्र शनिबार सार्वजनिक भएकाे छ ।
नेसपाका अध्यक्ष बाबुरामलाई जानकारी नै अर्का अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठकैै उपस्थितिमा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतले पार्टी एकता गर्ने सहमतिको पत्र सार्वजनिक गरेका छन् । तर, बाबुरामले भने त्यसमा आपत्ति जनाएका छन् ।
एकताको पत्र सार्वजनिक भइरहँदा डा. बाबुराम भट्टराई भने आफू पढेको गोखरा अमरज्योति माविका पूर्व विद्यार्थी समाजको कार्यक्रममा प्रमुख अतिथि थिए । उनीसँगै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकीका नेसपा सांसद फणिन्द्रमणि देवकोट पनि थिए ।
पार्टी एकताको खबरपछि कार्यक्रमबाट बाहिरिएका बाबुरामले त्यो पार्टी एकता नभइ बेइमानी भएको बताएका छन् । उनले यसलाई राजनीतिक ठगी भनेका छन् ।
भोलि कार्यकारिणी र पर्सी केन्द्रीय समितिको बैठक राखिएको तर पार्टीमा छलफलै नगरी एकता गरिएको भन्दै बाबुरामको आपत्ति छ ।
देशकै प्रधानमन्त्रीकै संलग्नतामा भएको कार्यले देशमा नैतिकताको ठूलो खडेरी परेकोे बाबुरामको भनाइ थियो ।
देशको राजनीति खत्तम बनेको बाबुरामले बताए । आफ्नै नेतृत्वमा वार्ता समिति रहेको र पार्टीे एकता नभएको उनको भनाइ छ ।
सत्ताको खेल र पार्टी एकताको सन्दर्भमा यो परिस्थिति आउन सक्ने भएकै कारण माओवादीको चुनाव चिह्नबाट विजयी भएका सांसद गराइदिन बाबुरामले निर्वाचन आयोगलाई पत्र लेखेका थिए । संसद सचिवालयलाई वोधार्थ पठाएको एक केन्द्रीय सदस्यले बताए ।
भट्टराईले निर्वाचन आयोगमा दिएको पत्रमा छिनोफानो नहुनु पनि ढाँटछल हुन सक्ने भन्दै आक्रोस पोखे ।
२०७९ को चुनावमा गोरखा–२ प्रचण्डलाई छोडेर पार्टी एकताकै तयारी गर्ने भट्टराईले बताएका थिए । त्योबेला नेसपाले पनि माओवादीकै चुनाव चिन्ह्बाट उम्मेदवारी गर्दा गराएर संघमा २ जना, बागमतीमा नेसपाका गंगानारायण श्रेष्ठ र गण्डकीमा फणिन्द्र देवकोटा विजयी भएका छन् ।
अहिले माओवादी चुनाव चिह्नबाट विजयी सांसदको हकमा के हुने भन्ने अन्योलबीच महिन्द्र राय र गंगानारायणले प्रचण्डको साथ लागेका छन् भने गण्डकीका सांसद फणिन्द्रमणि भने अझै बाबुराम सँगै छन् । उनले भोलि र पर्सी बस्ने बैठकले जे निर्णय गर्छ, त्यही गर्ने बताएका छन् ।
९ असोज २०७२ मा माओवादी परित्याग गर्दै आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी गठन गरेका बाबुरामलाई पछि देवेन्द्र पौडेल नेतृत्वको समर्थक समूहले साथ छोडेका थिए ।
पछि नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच २३ वैशाख २०७६ मा एकता भएर समाजवादी पार्टी, नेपाल बनेकोे हो ।
यो पार्टी पनि फुटेपछि जसपाका महिन्द्र राय यादव बाबुरामकाके पक्षमा उभिएका थिए । गत साल साउनमा भट्टराईको पार्टी नेपाल समाजवादी निर्वाचन आयोगमा दर्ता भएको थियो । यो पार्टी पनि फुटेपछि बाबुराम फेरि एक्लिएका छन् ।
प्रकाशित मिति २०८० चैत ३ गते शनिबार ०५:१७




