२०८३ साउन २१ गते बिहीबार

बागलुङ नगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध कायम

बागलुङ नगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध कायम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ७ गते बुधबार ०८:०६

लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान र बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भागिनी सम्बन्ध कायम गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

पोखरा
बागलुङ नगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान र बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भागिनी सम्बन्ध कायम गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

विश्व सम्पदामा सुचिकृत, विश्व शान्ति क्षेत्र, धार्मिक एवम् पर्यटकीयय नगरी लुम्बिनी साँस्कृतिक नगरपालिका र धार्मिक एवम् पर्यटकीय नगरी बागलुङ नगरपालिका बीच पर्यटन प्रर्बद्धन, असल अभ्याससँगै अनुभव आदानप्रदान गरिने सम्झौतापत्रमा उल्लेख छ ।

भगिनी सम्बन्धले दुई नगरपालिका बीच कला तथा सांस्कृतिको आदानप्रदान गर्न सहयोग पुग्ने बागलुङ नगरपालिकाका प्रमुख श्रेष्ठको विश्वास छ । असल अभ्यासको आदान प्रदान र पर्यटन प्रर्बद्धनका भगिनी सम्बन्ध महत्वपूर्ण रुपमा स्थापित हुने उनले बताए ।

कला संस्कृति, भाषा, भेषभूषासंगै अनुभव समेत आदान प्रदान गर्न योगदान पु¥याउनेगरी भगिनी सम्बन्ध कायम भएको लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मुसलमानले बताए । यो सम्बन्धले पहाड र तराईलाई जोडेको उनको भनाइ छ ।

दुबै स्थानीय तहले आपसी सहयोग आदानप्रदान गरी पर्यटन प्रर्बद्धनमा सघाउने खालका परियोजना सञ्चालन गर्ने लगायतका विषयमा समझदारी बनेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए ।

प्रकाशित मिति २०८० चैत ७ गते बुधबार ०८:०६
हजुरको प्रतिक्रिया