२०८३ असोज २५ गते आइतबार

गृहमन्त्रीेमाथि संसदीय छानविन पूर्वाग्रहबाट प्रेरितः एमाले प्रमुख सचेतक बर्तौला

गृहमन्त्रीेमाथि संसदीय छानविन पूर्वाग्रहबाट प्रेरितः एमाले प्रमुख सचेतक बर्तौला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत १७ गते शनिबार ०२:५८

उनले संसदीय समिति आवश्यकताका आधारमा मात्र बनाउनुपर्ने भन्दै यसबारे आवश्यकता नभई कांग्रसले सरकारबाट बाहिरीनु परेको बद्लाको रुपमा उठाएको आरोप लगाए ।

काठमाडौं ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समितिको माग पूर्वाग्रहको आधारमा प्रेरित रहेको बताएका छन् ।

शनिबार सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले राखेको प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलपछि उनले संसदीय समिति आवश्यकताका आधारमा मात्र बनाउनुपर्ने भन्दै यसबारे आवश्यकता नभई कांग्रसले सरकारबाट बाहिरीनु परेको बद्लाको रुपमा उठाएको आरोप लगाए ।

उनले भने, ‘तत्काल सरकारबाट बाहिरिन परेको बद्लाको रुपमा उहाँहरुले विषयवस्तु राख्नुभएको हो । यस विषयमा प्रधानमन्त्रीले जवाफ दिइसक्नुभएको छ। एकपटक उठेको विषयमा गृहमन्त्रीले जवाफ दिन चाहनुभएको छ। यसमा प्रतिपक्षले सहजीकरण गर्नुपर्छ । सिङगो देश र जनतालाई के भन्न्न खोज्नुभएको हो, उहाँहरुले धैर्यता राख्नुपर्छ ।संसदीय समिति आवश्यकता नभइ पूर्वाग्रहको आधारमा प्रेरित होकि भन्ने देखिएको छ ।’

भोलिदेखि लगातार चार दिन बैठक जाने भन्दै भोलि प्रतिनिधि सभा अघि थप छलफलको लागिसभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको पनि जानकारी दिए ।

प्रकाशित मिति २०८० चैत १७ गते शनिबार ०२:५८
हजुरको प्रतिक्रिया