२०८३ साउन २१ गते बिहीबार

केही महिनाभित्रै काँग्रेसको नेतृत्वमा नयाँ सत्ता गठबन्धन बन्छः शेखर कोईराला

केही महिनाभित्रै काँग्रेसको नेतृत्वमा नयाँ सत्ता गठबन्धन बन्छः शेखर कोईराला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत १७ गते शनिबार ०३:०६

काँग्रेसले विपक्ष भएको नाताले सत्तामा जानका लागि कोशिस गरिराख्ने र त्यो केही महिना भित्रै सफल हुने नेता कोईरालाको भनाइ थियो ।

काठमाडौं
प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसका नेता डा. शेखर कोईरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गरेका छन् ।

अहिले नयाँ सत्ता समिकरण केन्दमा बनेको र प्रदेशमा पनि बन्दै जाने उल्लेख गर्दै उनले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने बताएका हुन् ।

काँग्रेसले विपक्ष भएको नाताले सत्तामा जानका लागि कोशिस गरिराख्ने र त्यो केही महिना भित्रै सफल हुने नेता कोईरालाको भनाइ थियो ।

शनिवार काठमाडौंमा आयोजित बिपी स्मृति सामुदायिक अस्पतालको १६ औं वार्षिक साधारण सभामा बोल्दै नेता कोईरालाले गठबन्धन बन्ने र भत्किने कुराले देश नबन्ने भन्दै यसलाई रोक्नका लागि निर्वाचन प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव उनले गरे ।

प्रकाशित मिति २०८० चैत १७ गते शनिबार ०३:०६
हजुरको प्रतिक्रिया