पोखरा
क्षत्री समाज नेपाल चौैंथो महाधिवेशनको तयारीमा जुटेको छ । चैत २५ र २६ गते तनहुँ सदरमुकाम दमौलीममा महाधिवेशन हुने तय भएको छ ।
जिल्ला र प्रदेश समितिको अधिवेशन सकेर केन्द्रीय नेतृत्व परिवर्तनका लागि महाधिवेशन हुन लागेको हो । दमौलीमा हुने महाधिवेशनका लागि केन्द्रीय समिति आयोेजक समिति र मातहतमा उपसमितिहरु गठन भएएका छन् ।
महाविधेशनको पहिलो दिन सारुन नाँच, साँस्कृति प्रस्तुतीको ¥यालिसहित दमौलीको खुला मैदानमा उद्घाटन शत्र हुने महासचिव केशबहादुर केसीले बताए । बन्द शत्र भने क्षत्री समाज तनहुँको भवनमा हुनेछ ।
देशभरबाट ४०० सय बढी प्रतिनिधि सहभागी हुनेछन् । ७२ सदस्यीय नयाँ नेतृत्व चयन हुनेछन् । महासचिव केसीका अनुसार नयाँ निर्वाचित कार्यसमितिको कार्यकाल ४ बर्षेको रहनेछ ।
सहमतीमा नेतृत्व चयन गर्ने उपाध्यक्ष कृष्णबहादुर थापाले दाबी गरे । ‘देशभरबाट आकंक्षीहरु हुनुहुन्छ । सबैैलाई सहमती गराएर सर्वसम्मत टीम बनाएर जान्छौं’, उनले भने । तनहुँको पर्यटन विकासका लागि सघाउ पुग्ने भएकाले यसपालि महाधिवेशनस्थल दमौलीलाई रोजेको उनको भनाइ छ ।
क्षत्री समाजले राष्ट्रिय अखण्डताको मुद्वालाई केन्द्रमा राखेर काम गरेको अध्यक्ष दीलबहादुर क्षत्रीले बताए । राज्यबाट प्रदान गर्ने आरक्षण जाति विशेष भन्दा वर्ग विशेष हुनुपर्ने उनको भनाइ छ ।
‘चाहे बाहुन होस् चाहे क्षत्री होस् एकदमै उत्पीडनमा परेको वर्गले पाउनुप¥यो । हुँदा खाने र हुने खानेको सन्दर्भमा छुट्टाउनपर्छ’, उनले भने । वर्ग संघर्षको आन्दोलनलाई भ¥याङमा बनाएर सत्तामा पुगेकाहरु आफ्नै वर्ग उकास्न लिप्त भएको उनको आरोप छ ।
प्रकाशित मिति २०८० चैत १९ गते सोमबार १२:००




