पाेखरा
नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशन गुटबन्दी गरेको भन्दै अध्यक्षका उम्मेदवार विवेक त्रिपाठीले केन्द्रीय अनुशासन आयोगमा उजुरी दिएका छन् । अधिवेशनमा एमालेको विधान उल्लंघन हुने गरी गुटगत उम्मेदवार बनाएको भन्दै अध्यक्षका उम्मेदवार त्रिपाठीले अनुशासन आयोगमा शुक्रबार उजुरी दिएका हुन् ।
अधिवेशनमा पार्टीमा चरम गुटबन्दी गरेर विधान विपरित प्यानल लिस्ट वनाएको, प्रर्चा पम्मेलट व्यानर निर्माण र पार्टीभित्र गुटबन्दी गरी प्रतिशोध पुर्ण व्यवहार गरी अनुशासन उल्लंघन गरेको त्रिपाठीले बताए ।
पार्टीको बन्दसत्र चलिरहेको बेला साइमान साइमन पार्टी प्यालेस सिर्जनाचोक र न्यूइरा पार्टी प्यालेसमा छुट्टाछुट्टै दुई गुटका भेला आयोजना गरी प्रतिनिधिहरूलाई प्रभावित पारिएको उनको भनाइ छ ।
आआफ्नो समूहको उम्मेदवारको सूची बनाएर सहभागी मतदातालाई प्रलोभन र धम्कीमा पारी मतदान गर्न उर्दी जारी गर्ने माथी उनले अनुशासनको कारवाहीको माग गरेका छन् ।
निर्वाचनमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहबिच प्यानल बनाएर प्रतिस्पर्धा भएको थियो ।
प्रकाशित मिति २०८० चैत २४ गते शनिबार ०७:४७




