२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा खगराजलाई मुख्यमन्त्री नियुक्त गर्ने निणर्यविरुद्ध सर्वोच्च जाने तयारीमा कांग्रेस

गण्डकीमा खगराजलाई मुख्यमन्त्री नियुक्त गर्ने निणर्यविरुद्ध सर्वोच्च जाने तयारीमा कांग्रेस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २५ गते आइतबार ०२:०८

गठबन्धनले सभामुखसहित गरेको दाबी पेस असंवैधानकि भएको भन्दै कांग्रेस सर्वोच्च जान लागेको कांग्रेस संसदीय दलमा प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।

पोखरा
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेको निणर्यविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ ।

गठबन्धनले सभामुखसहित गरेको दाबी पेस असंवैधानकि भएको भन्दै कांग्रेस सर्वोच्च जान लागेको कांग्रेस संसदीय दलमा प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । यसअघि उनीहरुले खगराजलाई मुख्यमन्त्री नियुक्त नगर्ने प्रदेश प्रमुखलाई आग्रह गरेका थिए ।

गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आइतबार एमाले, माओवादी र राजीव गुरुङ (दीपक मनाङ) को समर्थनमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेस गरेका थिए । त्यसपछि प्रदेश प्रमुखले खगराजलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए।

प्रकाशित मिति २०८० चैत २५ गते आइतबार ०२:०८
हजुरको प्रतिक्रिया