२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेश सरकारविरुद्ध कांग्रेस सर्वोच्च जाने

गण्डकी प्रदेश सरकारविरुद्ध कांग्रेस सर्वोच्च जाने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २६ गते सोमबार ०२:५३

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सोमबार बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले गण्डकीमा असंवैधानिक तरिकाले सरकार गठन भएको निष्कर्ष निकाल्दै मंगलबार सर्वोच्च अदालत जाने निर्णय गरेको हो ।

पोखरा
गण्डकी प्रदेश सरकार गठनविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालत जाने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सोमबार बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले गण्डकीमा असंवैधानिक तरिकाले सरकार गठन भएको निष्कर्ष निकाल्दै मंगलबार सर्वोच्च अदालत जाने निर्णय गरेको हो ।

नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीलाई सत्ता गठबन्धनले मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखलाई आइतबार हस्ताक्षर बुझाएको थियो । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई आइतबारै मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।

माओवादीबाट सभामुख रहेका कृष्ण धितालको हस्ताक्षर समेत मुख्यमन्त्री बनाउन प्रयोग गरिएको थियो । एमालेका २२, माओवादीका सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सहित ३१ सांसदको समर्थन रहेको भन्दै अधिकारीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर बुझाइएको थियो ।

सभामुख धितालले पदबाट राजीनामा नदिई सरकार बनाउन समर्थन गरेको भन्दै कांग्रेसले ‘असंवैधानिक’ भनेको छ ।

प्रकाशित मिति २०८० चैत २६ गते सोमबार ०२:५३
हजुरको प्रतिक्रिया