२०८३ साउन २१ गते बिहीबार

अर्घाखाँचीमा कार दुर्घटना: एकको मृत्यु, पाेखराका ४ घाइते

अर्घाखाँचीमा कार दुर्घटना: एकको मृत्यु, पाेखराका ४ घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २८ गते बुधबार ०२:०८

घाइते हुनेमा पोखरा महानगरपालिका १२ का १५ वर्षिय प्रजोल कंडेल, ३० वर्षीया सविता अधिकारी, ४२ वर्षिया गिता कंडेल र १० वर्षिय जेशन बस्नेत छन् ।

पोखरा
अर्घाखाँची पाणिनीमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्घाखाँचीबाट पोखरा आउँदै गरेको ग ३ च ४५७४ नम्बरको कार पाणिनी गाउँपालिका-८ कोलडाडाको ओरालोमा दुर्घटना हुँदा भूमिकास्थान नगरपालिका ८ किमडाँडाका ६ वर्षीय बालक आरम्भ क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दुर्घटनामा परी पोखराका ४ सहित ७ जना घाइते भएका छन् । घाइते हुनेमा पोखरा महानगरपालिका १२ का १५ वर्षिय प्रजोल कंडेल, ३० वर्षीया सविता अधिकारी, ४२ वर्षिया गिता कंडेल र १० वर्षिय जेशन बस्नेत छन् । यस्तैमा दुर्घटनामा परि भूमिकास्थान नगरपालिका ८ का चालक ३४ वर्षिय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षिय सम्झना क्षेत्री र उनकी छोरी ईभान्सी क्षेत्री घाइने भएको प्रहरीले जनाएको छ ।

गाडी सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो । घाइतेहरुको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भईरहेको र घाइतेको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति २०८० चैत २८ गते बुधबार ०२:०८
हजुरको प्रतिक्रिया