२०८३ साउन २१ गते बिहीबार

पार्टीको अनुमति बिना विदेश नजान एमालेका सांसदहरुलाई ओलीको निर्देशन

पार्टीको अनुमति बिना विदेश नजान एमालेका सांसदहरुलाई ओलीको निर्देशन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख ३ गते सोमबार ०१:०६

सोमवार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले पार्टीको अनुमति बिना विदेश जाने काम नगर्न सांसदलाई सचेत गराएका हुन् ।

काठमाडौं
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

सोमवार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले पार्टीको अनुमति बिना विदेश जाने काम नगर्न सांसदलाई सचेत गराएका हुन् । पार्टी संसदीय दलका नेता समेत रहनुभएका ओलीले पार्टीका प्रमुख सचेतक र सचेतकलाई जानकारी गराएर मात्रै सांसदहरुले विभिन्न कार्यक्रममा जान सक्ने बताए ।

विगतमा सांसदहरुले रातो पासपोर्टलगायतका काण्डमा फसेपछि पुनः सांसद हुन नपाउने गरी पार्टीले कारबाही गर्नुपरेको दृष्टान्त पेश गर्दै त्यसो हुन नदिनका लागि पनि सांसदहरुले पार्टी संसदीय दलको परामर्शमा मात्रै विदेश जान उपयुक्त हुने ओलीको भनाइ थियो । अध्यक्ष ओलीले सहकारीलगायतका ठगीमा पनि सांसदहरु संलग्न रहेको उल्लेख गर्दै त्यसमा नसफस्नका लागि पनि पार्टीका सांसदहरु सावधानी अपनाउनुपर्ने उल्लेख गरे ।

‘समितिका बैठकहरुमा हाम्रो भुमिका एफसेन्ट होइन, एफसेन्ट कारण चाहिन्छ । र माननीयजीहरु कहाँ हुनुहुन्छ भन्ने कुरा प्रमुख सचेतक र सचेतकलाई स्पष्ट जानकारी हुनुपर्दछ । माननीयहरु कहाँ हुनुहुन्छ ? बिना इजाजत विदेश जाने गरिएको छ भने त्यो बन्द गरिदिउँ,’ उनले भने ।

प्रकाशित मिति २०८१ वैशाख ३ गते सोमबार ०१:०६
हजुरको प्रतिक्रिया