२०८३ साउन २१ गते बिहीबार

घुस प्रकरणः पोखरा महानगरका इन्जिनियर पक्राउ

घुस प्रकरणः पोखरा महानगरका इन्जिनियर पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख ५ गते बुधबार ०९:२४

घुस प्रकरणमा महानगर घर नक्सा शाखाका इन्जिनियर शिव बराललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो ।

पोखरा
घुस प्रकरणमा पोखरा महानगरपालिका थप एक कर्मचारी पक्राउ परेका छन् । घुस प्रकरणमा महानगर घर नक्सा शाखाका इन्जिनियर शिव बराललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो ।

यसअघि चैत २८ गते महानगरबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाइ १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए ।

सोही विषयमा अनुसन्धानका क्रममा इन्जिनियर बरालको पनि संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका सूचना अधिकारी जगदिश शिवाकोटीले जानकारी दिए । बराललाई पक्राउ गरी केन्द्रीय कार्यालय टंगाल पठाइएको शिवाकोटीले बताए ।

उनीहरुले यही एउटै काममा पनि पटक पटक घुस लिएको खुलेको सूचना अधिकारी शिवाकोटीले सुनाए । ‘पटक पटक घुस लिएको र यो प्रकरणमा बरालको समेत संलग्नता देखिएपछि पक्राउ गरिएको हो,’ उनले भने ।

प्रकाशित मिति २०८१ वैशाख ५ गते बुधबार ०९:२४
हजुरको प्रतिक्रिया