२०८३ साउन २१ गते बिहीबार

सरकार र प्रदेश प्रमुखले अदालतको अपहेलना गरेः गण्डकी कांग्रेस

सरकार र प्रदेश प्रमुखले अदालतको अपहेलना गरेः गण्डकी कांग्रेस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख ५ गते बुधबार ०५:१५

बुधबार प्रेस विज्ञप्ती जारी गर्दै निवर्तमान मुख्यन्त्री पाण्डेले सर्वाेच्चको आदेश अवहेलना हुने गरी सरकारले विभिन्न नियुक्ति र प्रदेश सभा बैठक आह्वान गर्नु गैरजिम्मेवार भएको बताएका हुन् ।

पोखरा
नेपाल कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले सर्वोच्च अदालतको आदेश अपहेलना गरेको बताएका छन् ।

बुधबार प्रेस विज्ञप्ती जारी गर्दै निवर्तमान मुख्यन्त्री पाण्डेले सर्वाेच्चको आदेश अवहेलना हुने गरी सरकारले विभिन्न नियुक्ति र प्रदेश सभा बैठक आह्वान गर्नु गैरजिम्मेवार भएको बताएका हुन् ।

आदेश र संविधानको वेवास्ता गर्दै गरिएका क्रियाकलापप्रति गम्भिर असहमति रहेको निवर्तमान मुख्यन्त्री पाण्डेले बताए । यसबाट प्रदेश सभामा द्धन्द्धको वातावरण सिर्जना हुने पाण्डेले उल्लेख गरे ।
सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले चैत २८ गते सरकारलाई नियमित कार्य सञ्चालन बाहेकका काम नगर्न रोक लगाएको हो । अर्को पेशी वैशाख १० लाई तोकिएको छ । तर, मुख्यमन्त्रीले त्यस अगावै विश्वासको मत लिने तयारीमा जुटेका छन् । सोहीअनुसार बैशाख ७ गते प्रदेश सभा अधिवेशन आह्वान भएको छ ।

प्रकाशित मिति २०८१ वैशाख ५ गते बुधबार ०५:१५
हजुरको प्रतिक्रिया