२०८३ असोज २५ गते आइतबार

काँग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्योः उपप्रधानमन्त्री लामिछाने

काँग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्योः उपप्रधानमन्त्री लामिछाने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख १२ गते बुधबार ०७:२७

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेले सहकारीहरु पीडितहरुको समस्या समाधान गर्न भने आफू तयार रहेको बताएका हुन् ।

काठमाडौं
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले काँग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा नदिने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेले सहकारीहरु पीडितहरुको समस्या समाधान गर्न भने आफू तयार रहेको बताएका हुन् ।

बुधवार इलाममा आयोजित चुनावी सभामा बोल्दै उनले नक्कली भूटानी शरणार्थी प्रकरणका भ्रष्टमाथि कारबाही गर्न नसक्ने काँग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा दिनुपर्ने अवस्था नरहेको सुनाए ।

उनले आफूहरु सहकारी पीडितहरुको समस्या समाधानका लागि सरकारमा गएको र त्यो समस्या समाधान गर्न तयार रहेको बताए । उपप्रधानमन्त्री लामिछानेले काँग्रेसले आफूलाई गलत देखाउन सहकारी गठी प्रकरणलाई उचालेको आरोप समेत दाबी गरे ।

काँग्रेसले सहकारी पीडितको समस्या भने समाधान गर्न नचाहेको उनको जिकिर थियो । उपप्रधानमन्त्री लामिछानेले विगतमा पुराना पार्टीहरुलाई मत दिएकाले देशको अवस्था बेहाल भएको बताए ।

प्रकाशित मिति २०८१ वैशाख १२ गते बुधबार ०७:२७
हजुरको प्रतिक्रिया