काठमाडौं
गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकहरुको सम्पती रोक्का गरेर गरेर पीडितहरुको रकम फिर्ता गर्ने बताएका छन् ।
शुक्रवार मन्त्रालयमा सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका पदाधिकारीहरुसँगको भेटका क्रममा गृहमन्त्री लामिछानेले सहकारी सञ्चालकहरुको सम्पती रोक्का गरेर त्यसबाटै पीडितहरुको रकम फिर्ता गरिने बताएका हुन् ।
उनले आफूले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको र सो प्रस्तावमा सिंगो मन्त्रिपरिषद् नै एक ठाउँमा उभिएको दाबी गरे ।
अनुसन्धान र कानूनी प्रक्रिया लामो समय जाँदा पीडितलाई झन धेरै समस्या थपिएको भन्दै कानूनी प्रक्रिया चल्दै गर्दा नै सञ्चालकहरुको सम्पत्ति रोक्का गर्न भने ढिलो गर्नु नहुने स्पष्ट पारे । सम्पत्ति रोक्का गरेर तत्काल कानून बनाएर सो सम्पतीलाई बेचबिखन गरी फिर्ता गर्न सुरुवात गरिने उनको भनाइ थियो ।
‘लाखौँ मान्छे संकटमा परेका छन् । जनता संकटमा परेको बेलामा विधि, प्रक्रियाको अभ्यासको भारी बोक्नु हुँदैन फास्ट ट्रयाकमा गर्नुपर्छ भनेर लागि परेका छौँ । चाँडै नै फरार रहेका, प्रमाणित भएका, अपm्ठ्यारो पारेका, ठगि गरेका मानिसहरुको सम्पती रोक्का गरेर त्यसबाट पीडितहरुलाई न्याय दिने क्रमको शुरुवात हुन्छ,’ उनले भने
प्रकाशित मिति २०८१ वैशाख १४ गते शुक्रबार ०७:०५




