पोखरा । नेपाली फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ले आफ्नो एउटा गीत रिलिज गर्दै फिल्मको प्रमोसन शुरु गरेको छ । बिग बजेट र मल्टीस्टारर फिल्म हुनुले यसअघि नै चर्चामा रहेको फिल्मको उक्त गीतलाईसमेत दर्शकहरुले रुचाएको फिल्मको निर्माण पक्षले दावी गरेको छ ।
नेपाली सिनेमा इन्डस्ट्रीको ड्रिम गर्ल अभिनेत्री करिश्मा मानन्धर पुत्री र पहिलो एक्सन स्टार शिव श्रेष्ठ पुत्रको डेब्यु यो सिनेमाको पहिलो सवल पक्ष हो । झन्डै बर्ष दिनदेखि बन्द नेपाली सिनेमा बजार अहिले पनि दयनीय अवस्थामा छ । फिल्मको निर्माणपक्षले यहि बेला फिल्म रिलिजको तयारी गरेकाे छ ।

हालै रिलिज गीतमा फिल्म लुटबाट आइटम गर्लको छवि स्थापित गर्न सफल सुष्मा कार्कीको कामुक नाँचलाई फिल्म प्रवर्द्धनको हतियार बनाइएको छ। बिबि थापाको शब्द रहेको आइटम गीतलाई गायिका मिना निरौलाको स्वरले न्याय गरेको छ। अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको यस फिल्ममा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतको अभिनय रहेको फिल्मको निर्देशन दिपेस सापकोटाले गरेका छन्।
फिस्टेल मुभिजको ब्यानरमा बनेको फिल्मलाई यशाेदा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर फिल्मका सह-निर्माताहरु हुन्।
https://youtu.be/DwO6AcrTLRg
प्रकाशित मिति २०७७ पुस १४ गते मंगलबार ११:४५




