२०८३ साउन २१ गते बिहीबार

नेपालमा काेराेना संक्रमित हुनेको संख्या २ लाख ६० हजार नाघ्यो

नेपालमा काेराेना संक्रमित हुनेको संख्या २ लाख ६० हजार नाघ्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस १५ गते बुधबार ०६:४५

पाेखरा । नेपालमा हालसम्म कूल संख्या २ लाख ६० हजार ५९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा थप ५ सय ११ जना कोरोनाभाइरस संक्रमित थपिए सँगै संक्रमितकाे कुल संख्या २ लाख ६० हजार नाघेकाे स्वास्थ्य मन्त्रालयले...

निको हुनेको संख्या २ लाख ५१ हजार ९१२ पुग्याे

पाेखरा । नेपालमा हालसम्म कूल संख्या २ लाख ६० हजार ५९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा थप ५ सय ११ जना कोरोनाभाइरस संक्रमित थपिए सँगै संक्रमितकाे कुल संख्या २ लाख ६० हजार नाघेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यो अवधिमा थप ६ सय जना निको भएका छन् । नेपालमा निको हुनेको कुल संख्या २ लाख ५१ हजार ९१२ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ७ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोभिडबाट नेपालमा १८ सय ४७ जनाले ज्यान गुमाइसकेका छन् ।

हाल ६३ सय जना संक्रमित आइसोलेसनमा छन् भने ३६२ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति २०७७ पुस १५ गते बुधबार ०६:४५
हजुरको प्रतिक्रिया