२०८३ साउन २१ गते बिहीबार

शिशुवाको चक्रदेवी सहकारीका कर्मचारीमाथि हातपात, संलग्न ९ जना पक्राउ

शिशुवाको चक्रदेवी सहकारीका कर्मचारीमाथि हातपात, संलग्न ९ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ ८ गते मंगलबार ०७:४२

पाेखरा पोखरा महानगरपालिका ३० मा रहेको चक्रदेवी सहकारीमा प्रवेश गरी केही व्यक्तिले तोडफोड तथा कर्मचारीलाई हातपात गरेका हुन् । एक समूहले मगलबार दिउँसो सहकारीको कार्यालयमा पुगेर कर्मचारीमाथि हातपात र तोडफोड गरेको जिल्ला प्रहरी...

पाेखरा

पोखरा महानगरपालिका ३० मा रहेको चक्रदेवी सहकारीमा प्रवेश गरी केही व्यक्तिले तोडफोड तथा कर्मचारीलाई हातपात गरेका हुन् ।

एक समूहले मगलबार दिउँसो सहकारीको कार्यालयमा पुगेर कर्मचारीमाथि हातपात र तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ती व्यक्तिहरुले सहकारीका कर्मचारीमाथी हातपातसँगै कागजपत्र हिनामिना तथा टेलिफोन तथा नेटको तार समेतमा क्षति पु¥याएको कास्की प्रहरीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । कास्की माछापुच्छ्रे गाउँपालिका ५ रिवानका ३६ वर्षीय प्रकाश बिक, झापा भद्रपुरका ४ का ४० वर्षीय राजीव प्रसाईं, पोखरा महानगरपालिका–२७ लेखनाथका ४२ वर्षीय गणेश शाही, सोही ठाउँका २९ वर्षीय समिन बिक र २७ वर्षीय सञ्जीव सुनारलाई पक्राउ गरिएको प्रहरी जनाएको छ ।

यसैगरी पोखरा महानगरपालिका–२७ क यमबहादुर चौरेली, ४९ वर्षीया कृष्णकुमारी चौरेली, रुपन्देही ११ का ४७ वर्षीया कमला चन्द र नवलपरासीका ४२ वर्षीया बिष्णु बोहरालाई पनि पक्राउ गरिएको प्रहरी प्रमुख थापाले उल्लेख गरे ।

प्रकाशित मिति २०८१ जेठ ८ गते मंगलबार ०७:४२
हजुरको प्रतिक्रिया