२०८३ असोज २५ गते आइतबार

पृथ्वीनारायण क्याम्पसमा ऐतिहासिक नमुना संसद अभ्यास कार्यक्रम हुँदै

पृथ्वीनारायण क्याम्पसमा ऐतिहासिक नमुना संसद अभ्यास कार्यक्रम हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ १३ गते आइतबार १०:५०

विद्यार्थीलाई नेपाली संसदीय प्रणालीबारे ज्ञान प्रदान गर्नका लागी आज जेठ १३ गते देखि १५ गते सम्म अनेरास्ववियुले सो कार्यक्रमको आयोजना गरेको हो ।

 

पोखरा ।

अनेरास्ववियु कानून संकाय कमिटी, पृथ्वीनारायण क्याम्पसको आयोजनामा तीन दिने ‘नमुना संसद : प्रतिनिधि सभा’ अभ्यास कार्यक्रम हुने भएको छ ।

विद्यार्थीलाई नेपाली संसदीय प्रणालीबारे ज्ञान प्रदान गर्नका लागी आज जेठ १३ गते देखि १५ गते सम्म अनेरास्ववियुले सो कार्यक्रमको आयोजना गरेको हो ।

कानून निर्माण प्रक्रियाको जानकारी गराउन र नेतृत्त्व विकासमा समेत टेवा पु¥याउने उद्देश्यले देशका विभिन्न क्याम्पस तथा विद्यालयमा नमुना संसदको अभ्यास तथा यस्ता कार्यक्रमको विशेष महत्त्व हुने अनेरास्ववियु केन्द्रीय कमिटीका अध्यक्ष समिक बडालले बताए ।

अध्यक्ष बडालले युवा पुस्ताका लागि व्यवस्थापिका संसद, यसको प्रक्रिया र नीतिगत अभ्यास महत्त्वपूर्ण रहेको समेत बताए ।

पृथ्वीनारायण क्याम्पस, पोखराको आफ्नै स्रोत–साधनको उचित व्यवस्थापन गरी क्याम्पसको इतिहासमै पहिलो पटक अनेरास्ववियुले नमुना संसद अभ्यास गराउन लागेको अनेरास्ववियु कानून संकाय कमिटीका संयोजक प्रचण्ड शक्ती गुरुङले बताए ।

नमुना संसद : प्रतिनिधि सभा अभ्यास कार्यक्रममा सहभागी हुनका लागी हरेक विद्यार्थीले निःशुल्क फारम भरी आफ्नो सिट सुनिश्चित गर्न सक्ने जनाइएको छ ।

 

प्रकाशित मिति २०८१ जेठ १३ गते आइतबार १०:५०
हजुरको प्रतिक्रिया