२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्री र देउवाबीच वान टु वान वार्ता

प्रधानमन्त्री र देउवाबीच वान टु वान वार्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ १३ गते आइतबार ११:२७

शिर्ष दलका नेताहरुको बैठक आईतबार साँझ वा सोमबार बिहान पुनः बसेर निस्कर्षमा पुग्ने परियारले बताए ।

संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ ।

आईतबार बिहान सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा भेट भएको हो ।

सभापति देउवाको आग्रहमा प्रधानमन्त्री दाहाल बुढानीलकण्ठ पुगेको काँग्रेस सांसद जीवन परियारले बताए ।

उनले बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाइएको भएपनि प्रधानमन्त्री मात्रै बैठकमा सहभागी भएको पनि जानकारी दिए ।

भेटमा प्रधानमन्त्री दाहाल र देउवाबीच वान टु वान वार्ता समेत भएको छ ।

वार्ताबारे काँग्रेस सभापति देउवाले दलका नेताहरुलाई नबताएको र अहिलेको गतिरोध अन्त्य गर्ने बारेमा नै छलफल भएको हुनुपर्ने सांसद परियारले बताए ।

उनले भेटमा सहकारीको रकम अपचलनसम्बन्धी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गरेर जानुपर्ने अडान काँग्रेसले राखेको पनि जानकारी दिए ।

प्रधानमन्त्री सहकारी प्रकरणबारे छानबिन समिति गठन गर्न र अहिलेको गतिरोध हटाउन सकारात्मक देखिएको उनको भनाइ छ ।

शिर्ष दलका नेताहरुको बैठक आईतबार साँझ वा सोमबार बिहान पुनः बसेर निस्कर्षमा पुग्ने परियारले बताए ।

सत्ता पक्ष छानबिन गर्ने गरी सही रुपमा अझै प्रश्तुत नभएको समेत उनले आरोप लगाए ।

प्रकाशित मिति २०८१ जेठ १३ गते आइतबार ११:२७

हजुरको प्रतिक्रिया