२०८३ साउन २१ गते बिहीबार

४८ घन्टाभित्र कांग्रेसका सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री नियुक्ति गर्न सर्वाेच्चको परमादेश

४८ घन्टाभित्र कांग्रेसका सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री नियुक्ति गर्न सर्वाेच्चको परमादेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ १४ गते सोमबार ०८:३०

सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत असंवैधानिक ठहर गरेसँगै उनी पदमुक्त भएका छन् ।

पोखरा
सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत असंवैधानिक ठहर गरेसँगै उनी पदमुक्त भएका छन् ।

सोमबार न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले अधिकारीले लिएको विश्वासको मत असंवैधानिक ठहर गरेको थियो । साथै फैसलामा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

अदालतले ४८ घन्टाभित्र उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो । उपधारा ३ मा प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता मुख्यमन्त्री हुने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार गण्डकी प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त हुनेछन् ।

प्रकाशित मिति २०८१ जेठ १४ गते सोमबार ०८:३०
हजुरको प्रतिक्रिया