२०८३ साउन २१ गते बिहीबार

सहकारी ठगी प्रकरणः यी हुन् छानविनको सूचिमा चढेका सहकारी

सहकारी ठगी प्रकरणः यी हुन् छानविनको सूचिमा चढेका सहकारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ १५ गते मंगलबार ०४:३४

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टीओआर)मा ४ बुँदे सहमतिभएको छ । मंगलबार कानुन, न्यायतथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकले कार्यादेश टुंगो लगाउँदै प्रधानमन्त्रीलाई बुझाएको...

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टीओआर)मा ४ बुँदे सहमतिभएको छ । मंगलबार कानुन, न्यायतथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकले कार्यादेश टुंगो लगाउँदै प्रधानमन्त्रीलाई बुझाएको छ ।

उक्त टीओआरमा सहकारीमा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ता गर्ने प्रक्रिया कहाँ पुगेको छ, त्यसको अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझावदिने उल्लेख गरिएको छ ।

७ सदस्यीय छानबिन समितिलाई बचतकर्ताको रकम अपचलन भएको विषयमा छानबिन गर्न तीन महिनाको समयावधि दिइएको छ ।

कार्यादेशको टुंगो लगाउन कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा प्रतिनिधि सभा सदस्यहरु हित राज पाण्डे, जीवन परियार, महेश बर्तौला, शिशिर खनाल र ज्ञानेन्द्र बहदुर कार्की सदस्य रहेका थिए ।

आजबस्ने प्रतिनिधि सभा बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० बमोजिम ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन हुनेछ ।

यस्ता छन् संसदीय छानबिन समितिका कार्यक्षेत्र ः
–सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने,

–समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने,

–नेपाल सरकार सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण गरेका अनुसूची–१ मा उल्लेख भएका संस्थाहरू लगायतका सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ताको प्रक्रिया कहाँ पुगेको छ सो को अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने,

–सहकारी संस्था सदस्य (शेयर धनी) एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानी नोक्सानी पुरÞ्याएको भनी सङ्घीय संसद् र सार्वजनिक रूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका अनुसूची २ मा उल्लेखित लगायतका सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालिलगायत अन्य कम्पनीवा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति, सो रकम गैर कानुनी रूपमा प्रवाह भए–नभएको, र त्यस्तो गैर कानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुनबमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने कार्यादेश छ ।

यी हुन् समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका सहकारी संस्थाहरुको नाम ः
१ ओरेण्टल को–अपरेटिभ लिमिटेड
२ स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ
३ प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ
४ प्रभु बचत तथा ऋण सहकारी संस्था
५ कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ
६ कन्जुमर बचत तथा ऋण सहकारी संस्था
७कुवेर बचत तथा ऋण सहकारी संस्था
८ चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ
९ भेगास बचत तथा ऋण सहकारी संस्था
१० स्ट्याण्डर्ड मल्टिप्रपोज को–अपरेटिभ लिमिटेड
११ सोसाइटल बचत तथा ऋण सहकारी संस्था १२ लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था
१३पशुपति सेभिङ क्रेडिट को–अपरेटिभ लिमिटेड
१४शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
१५तुलसीबहुमुखी सहकारी संस्था लिमिटेड
१६हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड
१७ कृषिविकास बहुउद्देश्यीय सहकारी संस्था
१८कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड
१९ लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था
२० गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
२१ आईडियल यमुना बहुउद्देश्यी संस्था
२२ ईमेज बचत तथा ऋण सहकारी संस्था लि
२३ सहारा बचत तथा ऋण सहकारी,
२४ समानतावचततथा ऋण सहकारी
२५ सानो पाइलावचततथा ऋण सहकारी
२६ सुप्रिम बचत तथा ऋण सहकारी,
२७ सूर्यदर्शन बचत तथा ऋण सहकारी,
२८ सुमेरु बचत तथा ऋण सहकारी
२९ स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी ।

प्रकाशित मिति २०८१ जेठ १५ गते मंगलबार ०४:३४

हजुरको प्रतिक्रिया