२०८३ असोज २५ गते आइतबार

फणिन्द्रले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

फणिन्द्रले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २८ गते सोमबार ०४:५९

मुख्यमन्त्री पाण्डेको विपक्षमा एमालेका २२ र माओवादीका ६ सांसदले मतदान गरे ।

पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् ।

उनको पक्षमा ३१ सांसदले मत दिएका हुन् ।

कांग्रेसका २७, राप्रपा १, दीपक मनाङे र फणिन्द्र देवकोटाले पक्षमा मत दिएका हुन् । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेसपाका फडिन्द्र देवकोटाले फ्लोर क्रस गरेपछि पाण्डेको पक्षमा बहुमत पुगेको हो । माओवादीले ह्विप जारी गरेको थियो ।

मुख्यमन्त्री पाण्डेको विपक्षमा एमालेका २२ र माओवादीका ६ सांसदले मतदान गरे । फणिन्द्रले फ्लोर क्रस गरेपछि एमालेले नाराबाजी गरेको थियो ।

प्रकाशित मिति २०८१ जेठ २८ गते सोमबार ०४:५९
हजुरको प्रतिक्रिया