२०८३ साउन २१ गते बिहीबार

बन्दीपुर केबलकारकाे व्यावसायिक सञ्चालन शुरू

बन्दीपुर केबलकारकाे व्यावसायिक सञ्चालन शुरू

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ ३१ गते बिहीबार ०६:१५

तनहुँ। तनहुँको बन्दीपुरमा केबलकार सञ्चालनमा आएको छ । केबलकार बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । १ वैशाखबाटै आंशिक रुपमा चलाइएको केबलकार अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टीयूभी सर्टिफिकेट)...

तनहुँ।

तनहुँको बन्दीपुरमा केबलकार सञ्चालनमा आएको छ । केबलकार बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

१ वैशाखबाटै आंशिक रुपमा चलाइएको केबलकार अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टीयूभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा बिहीबारदेखि मात्र सञ्चालनमा ल्याइएको हाे ।

करिब एक वर्ष अगाडिदेखि नै केबलकार जडान सम्पन्न गरी लोड परीक्षण भएको बन्दीपुर केबलकारका कार्यकारी अधिकृत किरण पोख्रेलले जानकारी दिए । केबलकारबाट ९० डिग्रीको ठाडो चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने उनको भनाइ छ ।

बन्दीपुर गाउँपालिका–४ को डुम्रेबजार नजिकै केबलकार चोकबाट मन्दिरसम्म एक हजार सात सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिने कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार केबलकारको ३१ डिब्बामध्ये २१ वटाले यात्रु बोक्नेछन् भने अन्यले सामग्री ढुवानी गर्नेछन् ।

केबलकार दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन गर्ने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति २०८१ जेठ ३१ गते बिहीबार ०६:१५

हजुरको प्रतिक्रिया