२०८३ साउन २१ गते बिहीबार

पाेखरा १२ र १३ का स्थानीयले मणिपाल अस्पतालमा छुट पाउने

पाेखरा १२ र १३ का स्थानीयले मणिपाल अस्पतालमा छुट पाउने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २ गते आइतबार १०:२६

पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ र १३ का स्थानीयले स्वास्थ उपचारमा छुट पाउने भएका छन् । उनीहरूले पोखराको मणिपाल अस्पतालमा उपचार गर्दा छुट पाउने पाेखरा १२ का अध्यक्ष सन्ताेस बास्ताेलाले बताए । यी दुई वडाका वडा अध्यक्ष र अस्पतालका...

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. १२ र १३ का स्थानीयले स्वास्थ उपचारमा छुट पाउने भएका छन् । उनीहरूले पोखराको मणिपाल अस्पतालमा उपचार गर्दा छुट पाउने पाेखरा १२ का अध्यक्ष सन्ताेस बास्ताेलाले बताए ।

यी दुई वडाका वडा अध्यक्ष र अस्पतालका सिईओ अनिल ओडूविलले वडावासीले यस्ताे सुविधा पाउने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

वडावासीकाे स्वास्थ्य उपचार सहज र कम खर्चिलाे हाेस भन्ने हेतुले वडा र पाेखराकाे मणिपाल अस्पतालबिच अस्पतालकाे विभिन्न सेवामा छुट हुनेगरि सम्झौता गरिएकाे पाेखरा १३ का वडाअध्यक्ष किरण बरालले उल्लेख गरे ।

सम्झौतामा ओपिडी दर्तामा १०० प्रतिशत, बेड शुल्कमा २५ प्रतिशत, नियमित जाँचका ल्याब टेस्टमा १५ प्रतिशत, सिटीस्क्यान तथा एमआरईमा १० प्रतिशत, अपरेसनमा १० प्रतिशत, शहरी स्वास्थ्य केन्द्र पोखरा १२ मा हप्ताको एक दिन निशुल्क डाक्टरी सेवाको सुरुवात गरिने लगायतका सेवा तथा सुविधाहरू उल्लेख छ ।

वडावासीका अलावा याे सुविधा उक्त वडाका कर्मचारीलाई समेत उपलव्ध हुने अस्पतालका सिईओ अनिल ओडूविलले बताए ।

प्रकाशित मिति २०८१ असार २ गते आइतबार १०:२६
हजुरको प्रतिक्रिया