२०८३ असोज २५ गते आइतबार

राप्रपा कास्कीकाे व्यंग्यः बेरुजुमा शीर्ष स्थान हासिल गरेकोमा मेयरलाई बधाई !

राप्रपा कास्कीकाे व्यंग्यः बेरुजुमा शीर्ष स्थान हासिल गरेकोमा मेयरलाई बधाई !

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार १२ गते बुधबार ०७:३९

पोखरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कास्कीले बेरुजुमा शीर्ष स्थानमा रहेको भन्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई बधाई दिएको छ । राप्रपा कास्कीले विज्ञप्ती जारी गर्दै बेरुजुमा शीर्ष स्थानमा रहेको भन्दै बधाई...

पोखरा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कास्कीले बेरुजुमा शीर्ष स्थानमा रहेको भन्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई बधाई दिएको छ । राप्रपा कास्कीले विज्ञप्ती जारी गर्दै बेरुजुमा शीर्ष स्थानमा रहेको भन्दै बधाई दिँदै व्यंग्य प्रहार गरेको हो ।

राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले अनियमिततामा शीर्ष स्थान हासिल गरेका मेयरलाई बधाई दिईरहँदा खुशी भने नलागेको बताएका छन् ।

महानगर, नगर कार्यपालिकाको कार्यालयमा भैरहेका अनियमितता र मौलाउँदै गइरहेको बेथितिप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष गुरुङले उल्लेख गरे । महानगरबाट भएका अनियमिततालाई पार्टीले गम्भीर भएर नियालिरहेको उनको भनाइ छ ।

अनियमितता रोक्न, नियमित गर्न, अनियमितताको बारेमा जवाफदेही हुन र आवश्यक प्रमाण पेश गरी बेरुजु फछ्र्याेट गर्न राप्रपा कास्कीले माग गरेको छ । नेतृत्व जवाफदेही नभएको खण्डमा जस्तोसुकै खालको आन्दोलन गर्न पछाडि नपर्ने अध्यक्ष गुरुङले उल्लेख गरे ।

प्रकाशित मिति २०८१ असार १२ गते बुधबार ०७:३९
हजुरको प्रतिक्रिया