काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंंगलवार सिंहदरबारमा बसेको पार्टी पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काँग्रेस—एमाले सत्ता समीकरण बन्नेकुरा जनताको हितमा नरहेको बताए ।
उनले नेपालको राजनीतिमा र चलखेल निरन्तर भइरहेको बताउनु भयो । उहाँले अब बन्ने गठबन्धनमा रास्वपा नरहेने पनि स्पष्ट पारे ।
‘नेपालको राजनीतिमा एक खालको अस्थिरता, यो खालको चलखेल निरन्तर भइरहेको छ । त्यो नहुुनुपर्दथ्यो । त्यो नहोस् भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको चाहना हो । विगतमा पनि हामीले स्थायित्वका लागि कही प्रयास गरेका थियाँै । सबैकुरा हामीले चाहेको जस्तो पनि हुँदैन । पछिल्लो सयमा जे भएको छ, यसमा पनि देश र जनताको हितमा छ भन्ने लाग्दैन,’ उनले भने, ‘यस घटनाक्रमलाई हेर्दा अब बन्ने गठबन्धनमा हामी रहँदैनौँ । हामी सरकारमा जाँदैनौँ । अर्को सरकार अघि बढ्ने प्रक्रिया भएपछि हामी सरकार छोड्छौँ ।’
प्रकाशित मिति २०८१ असार १८ गते मंगलबार ०२:५६




