२०८३ असोज २५ गते आइतबार

तनहुँको मनहरीमा हिलोले सवारी फसेपछि पृथ्वी राजमार्ग अबरुद्ध

तनहुँको मनहरीमा हिलोले सवारी फसेपछि पृथ्वी राजमार्ग अबरुद्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २३ गते आइतबार ०९:११

सडक अबरुद्ध हुँदा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी दीपककुमार रायले बताए । सडक खुलाउने पलह भैरहेको उनको भनाइ छ ।

पोखरा ।

पृथ्वी राजमार्गमा अत्यधिक हिलो भएर सवारी फसेपछि यातायात अबरुद्ध भएको छ ।

तनहुँको म्याग्दे गाउँपालिकाको मनहरीमा हिलोमा सवारी फसेको हो ।

सडक अबरुद्ध हुँदा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी दीपककुमार रायले बताए । सडक खुलाउने पलह भैरहेको उनको भनाइ छ ।

शनिबार पनि पृथ्वी राजमार्गको तनहुँ खण्डमा ठाँउ ठाउँमा अवरोध थियो ।

शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमानामा पर्ने फेदिखोलाको अस्थायी कल्भर्ट बगाएपछि अवरुद्द सडक पुल सन्चालनमा ल्याएपछि सुचारु भएको थियो ।

प्रकाशित मिति २०८१ असार २३ गते आइतबार ०९:११
हजुरको प्रतिक्रिया