पोखरा
पोखरा महानगरपालिका-९, नयाँबजारमा रहेको विन्दवासिनी वचत तथा ऋण सहकारी संस्था लिमिटेड ठगीमा संलग्न थप दुई जना पक्राउ परेका छन् ।
निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी सहाकारीको रकम हिनामिना, अपचलन एवं ठगी मुद्दामा संलग्न रहि फरार रहेका दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सहकारीका पूर्व संचालक समितिका सचिव ४६ वर्षीय किरण कपाली र सहकारीका पूर्व लेखा समिति संयोजक ४५ वर्षीय बुद्दीसागर ढकाल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले सहकारीमाथि अनुसन्धान गर्दै विन्ध्यावासिनीमा ७ करोडभन्दा बढी रकम हिनामिना भएको औंल्याएको थियो ।
प्रकाशित मिति २०८१ असार २५ गते मंगलबार ०७:०९