२०८३ साउन २१ गते बिहीबार

मन्त्रालयको बाँडफाँड भइसकेको छैनः केपी ओली

मन्त्रालयको बाँडफाँड भइसकेको छैनः केपी ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २६ गते बुधबार ०८:१८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको बाँडफाँड भइ नसकेको बताएका छन् ।

काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको बाँडफाँड भइ नसकेको बताएका छन् ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै नेपाली काँग्रेस र नेकपा एमालेबीच कुनैपनि मन्त्रालयको भागबण्डा नभइसको भन्दै को—को सरकारमा सहभागी बन्छन्, सोही अनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने बताएका हुन् ।

उनले काँग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने उल्लेख गरे । सरकारमा सहभागी बन्ने राजनीतिक दलहरुलाई पनि समेटेर जानेगरी छलफल भइरहेको उनको भनाइ छ ।

‘मन्त्रालयको बाँडफाँड पनि भइसकेको छैन । यो मन्त्रालय यो पार्टीले, यो पार्टीले यो मन्त्रालय । कोको सरकारमा सामेल हुने भन्नेकुरा साधारणतया हैसियतको आधारमा, काँग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा व्यवहार गर्दछन्,’ उनले भने ।

प्रकाशित मिति २०८१ असार २६ गते बुधबार ०८:१८
हजुरको प्रतिक्रिया