२०८३ साउन २१ गते बिहीबार

मन्त्री चयन गर्न कांग्रेसले मापदण्ड बनाएको छ : प्रवक्ता महत

मन्त्री चयन गर्न कांग्रेसले मापदण्ड बनाएको छ : प्रवक्ता महत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २९ गते शनिबार ०६:०४

नेपाली कांग्रेसले आगामी सरकारमा सहभागी हुने मन्त्रीहरु योगदान र योग्यताका आधारमा चयन गर्ने निर्णय गरेको छ ।

काठमाडौं ।
नेपाली कांग्रेसले आगामी सरकारमा सहभागी हुने मन्त्रीहरु योगदान र योग्यताका आधारमा चयन गर्ने निर्णय गरेको छ ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले मन्त्री चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलनलाई दृष्टिगत गरेर चयन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनले भने,‘नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीह? चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलनलाई दृष्टिगत गरेर चयन गर्ने निर्णय गरिएको छ । त्यस्तै बैठकले केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय पनि गरेको जानकारी दिए ।

प्रकाशित मिति २०८१ असार २९ गते शनिबार ०६:०४
हजुरको प्रतिक्रिया