२०८३ साउन २१ गते बिहीबार

गल्ती गर्ने कोही बच्नु हुँदैन, मेरो बारेमा पनि अनुसन्धान गर्नुस्ः गृहमन्त्री लामिछाने

गल्ती गर्ने कोही बच्नु हुँदैन, मेरो बारेमा पनि अनुसन्धान गर्नुस्ः गृहमन्त्री लामिछाने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार ३० गते आइतबार ०२:०७

कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन् ।

काठमाडौं
कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन् ।

आईतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले आफ्नो बारेमा पनि धेरै प्रश्नहरु उठेको भन्दै आफू मन्त्री भएकाले कुनै प्रभाव परेको भए आजबाट अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन सकिने बताएका हुन् ।

आफूले सरुवा र बढुवा कुनै व्यक्ति विशेषलाई हेरेर नगरेको र नेपाल प्रहरीमा कुनैपनि विधि मिच्ने काम नगरेको जिकिर गरे । आफू गृहमन्त्री भएपनि आफूले सुरक्षा निकायलाई आफ्नो बारेमा अध्ययन, अनुसन्धान नगर भनेर निर्देशन नदिएको उनको भनाइ छ ।

‘सरुवा, बढुवाका कुराहरु छन् । सरुवा र बढुवामा कुनै व्यक्ति विशेषलाई हेरेर मैले गरेको छैन । कहिले कहीँ प्याब्सनको आधारमा मान्छेलाई यता उति सार्ने बाहेक हामीले विधि मिच्ने काम गरेका छैनौँ । बाँकी रह्यो मेरो कुरा । विषय त मेरो बारेमा पनि धेरै कुरा उठेका छन् । उठ्छ, हिजो पनि उठेका हुन्,’ उनले भने, ‘मैले आजसम्म यहाँहरु सबै यहीँ साक्षी हुनुहुन्छ, आफ्ना विषयमा यो गर्नुहोस्, त्यो गर्नुहोस्, भनेको छैन, निर्देशन दिएको छैन । तर पनि मन्त्री भएका कारणले केही अफ्ठ्यारो परेको रहेछ भने आजैबाट मेरा विषयमा गहन अध्ययन, गहन अनुसन्धान गर्नुस् । गल्ती गरेको जो कोही होस्, त्यो बच्नु हुँदैन, बचाउनु हुँदैन ।’

प्रकाशित मिति २०८१ असार ३० गते आइतबार ०२:०७
हजुरको प्रतिक्रिया