२०८३ असोज २५ गते आइतबार

विपद् ब्यवस्थापन र न्यूनीकरणमा सबैको ध्यान केन्द्रित गरौँः मुख्यमन्त्री पाण्डे

विपद् ब्यवस्थापन र न्यूनीकरणमा सबैको ध्यान केन्द्रित गरौँः मुख्यमन्त्री पाण्डे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार ३१ गते सोमबार ०५:३९

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् ब्यवस्थापन र न्यूनीकरणका सवालमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।

पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् ब्यवस्थापन र न्यूनीकरणका सवालमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।

सरोकारावालाहरुबिच मुख्यमन्त्री तथा मन्त्रिरपरिपदको कार्यालयमा सोमवार भएको छलफलमा मुख्यमन्त्री पाण्डेले विपद्को जोखिम अझै रहेकाले सावधानीमा ध्यान दिनुपर्ने, राहत, उद्धार र पुनस्र्थापनका लागि सबैले आ—आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएका हुन् ।

गण्डकी प्रदेशभित्र विपद्को उच्च जोखिम रहेको र विगत वर्षभन्दा यस वर्ष धेरै क्षती बेहोर्नुपरेकाले सबै संवेदनशिल हुन जरुरी रहेको पाण्डेले सुनाए । मनसुन अझै सक्रिय रहेको बताउँदै उनले सचेत रहन सर्वसाधारणलाई आग्रह गरे । स्थानीय सरकार, संघ सरकारसँगका कार्यालयसँगको सहकार्य र समन्वयमा प्रदेश सरकारलेपनि विपद् ब्यवस्थापनका कार्यहरु गर्दै आएको मुख्यमन्त्री पाण्डेले बताए ।

विपद्का कारण क्षती बेहोर्नुपरेका, ज्यान गुमाएकाहरुको परिवारलाई प्रदेश सरकारले दिने राहत जिल्ला प्रशासन कार्यालयहरुबाट वितरण भईरहेको र सहज प्रक्रियाबाट तत्कालै बितरण गर्न निर्देशन दिए । विपद्का बारेमा सचेतना जगाउँदै सर्वसाधारण नागरिकलाई जागरुक बनाउन संचार माध्यामको महत्वपूर्ण भूमिका हुने भएकाले संचारक्षेत्रलाई यस विषयमा केन्द्रित रहेर प्रकाशन प्रशारण गर्न मुख्यमन्त्री पाण्डेले अनुरोध गरे ।

मनसुन सुरु भएपश्चात गण्डकी प्रदेश भित्र बाढी, पहिरो लगायत विपद्का कारण भएको क्षती, राहत बितरण, उद्धार, उपचार, पुर्नस्थापना लगायतका विषयमा सरोकारवालाविच छलफल भएको हो ।

प्रकाशित मिति २०८१ असार ३१ गते सोमबार ०५:३९
हजुरको प्रतिक्रिया