काठमाडौं
नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणाले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताएकी छन् ।
सोमवार मन्त्रालयको पदभार ग्रहण गरेसँगै उनले आफूले पाएको जिम्मेवारी इतिहासै पहिलो ठूलो जिम्मेवारी भएको भन्दै यसलाई सही रुपमा सदुपयोग गर्दै लैजाने बताएकी हुन् ।
नेपाल कसैको पराधिन भएर नबसेको भन्दै यही अवस्थालाई भावी पुस्तासम्म लैजान आवश्यक रहेको उनको भनाइ छ । उनले देशको समृद्धिमा परराष्ट्र मन्त्रालयको भुमिका उल्लेख्य रहेको सुनाइन् ।
दौंत्य सम्बन्ध कायम रहेका देशहरुको सम्बन्धलाई अझै प्रभावकारी बनाउने मन्त्री राणाले बताइन् । विदेशमा गएका नेपालीहरुलाई परेको समस्या समाधानमा पनि मन्त्रालयले विशेष चासोका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
प्रकाशित मिति २०८१ असार ३१ गते सोमबार ०६:००