२०८३ साउन २१ गते बिहीबार

मन्त्री विन्दुकुमार थापाले गरे कास्की कारागारकाे निरीक्षण

मन्त्री विन्दुकुमार थापाले गरे कास्की कारागारकाे निरीक्षण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन ४ गते शुक्रबार ०७:२०

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले कास्की कारागारको निरीक्षण गरेका छन् ।

पोखरा
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले कास्की कारागारको निरीक्षण गरेका छन् ।

शुक्रबार कारागार पुगेर उनले बिरामी भएका कैदीबन्दीको स्वास्थ्य अवस्थाका बारेमा बुझेका हुन् । भाइरल इन्फ्लुन्जाले संक्रमीत भएका कैदीबन्दीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइएको मन्त्री थापाले बताए ।

कारागारका जनस्वास्थ्य निरीक्षक तपरमण पोखरेलले १४५ जनालाई भाइरल इन्फ्लुन्जा देखिएको बताए । कारागारमा तीनवटा ब्लक भएकोमा ‘ख’ ब्लकमा संक्रमण फैलीएको हो । ‘क’ ब्लक केहीलाई संक्रमण भए पनि अरु सुरक्षित रहेको उनले बताए ।

बिरामी भएका ९२ जना कैदीबन्दीको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्यमा परिक्षण गरिएको छ । ४२० क्षमता भएको कारागारमा झन्डै दोब्बर कैदीबन्दी रहेको कारागारका कारागार प्रशासक राजेन्द्र शर्माले बताए । उनका अनुसार कास्की कारागारमा अहिले ७८३ जना कैदीबन्दी रहेका छन् ।

कारागारमा खानेपानीको समस्याका कारण भाइरल इन्फ्लुन्जा फैलिएको अनुमान गरिएको छ । मन्त्री थापाले विरामीलाई आवश्यक पर्ने औषधि लगायत पोसिलो आहारको लागि प्रदेश सरकारले सहयोग गरेको बताए । कैदीबन्दीले प्रेसर, सुगर लगायतको नियमित खाइरहने औषधि निशुल्क उपलब्ध गराउन माग गरेका छन् ।

 

प्रकाशित मिति २०८१ साउन ४ गते शुक्रबार ०७:२०
हजुरको प्रतिक्रिया