पोखरा
पोखरामा स्कुल बस दुर्घटना भएको छ । पोखरा महानगरपालिका–२१ फुर्सेखोलाको घुम्तीमा एलपी देवकोटा मेमोरियल इंग्लिस स्कुलको बस दुर्घटना भएको हो ।
ग १ क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ ।
बसमा चालक, सहचालक र २२ विद्यार्थी सहित २४ जना सवार थिए ।
अहिले विद्यार्थीको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
उद्धार गरिएकाको पश्चिमान्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति २०८१ साउन १४ गते सोमबार ०९:३९