२०८३ असोज २५ गते आइतबार

स्कुल बस दुर्घटनाः सहचालकको मृत्यु, २८ जनाको उपचार हुँदै

स्कुल बस दुर्घटनाः सहचालकको मृत्यु, २८ जनाको उपचार हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १४ गते सोमबार १०:४४

मृत्यु हुनेमा पोखरा महानगरपालिका–२१ रामदी बस्ने  ३३ वर्षीय वर्षीय आरती विक रहेकी छन् ।

पोखरा

पोखराको फुस्रेखोलामा भएको स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बसको सहचालक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–२१ रामदी बस्ने  ३३ वर्षीय वर्षीय आरती विक रहेकी छन् ।

सोमबार विहान पोखरा महानगरपालिका–२१ रामदीबाट विद्यार्थी लिएर फर्कदै गरेको एलपी देवकोटा मेमोरिय इंग्लिस बोर्डिङ स्कुलको बस दुर्घटना भएको हो ।

ग १ क ६३१९ नम्बरको बस गुट्कुमा अनियन्त्रित भइ सडकबाट झन्डै ६० मिटर तल खसेको हो ।

चालकसहित घाइते २९ जनाको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

गण्डकी मेडिकल कलेजमा १४ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतामा १२ जना र मणिपाल शिक्षण अस्पतालमा ३ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । १ जनाको अवस्था गम्भिर रहेको छ । बसमा विद्यार्थीसहित केही शिक्षक र अभिभावकसमेत सवार थिए ।

प्रकाशित मिति २०८१ साउन १४ गते सोमबार १०:४४

हजुरको प्रतिक्रिया